पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि

काठमाडौँ । पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार चार सय २५ खेलाडी पोखरा आइसकेका मूल आयोजक समितिका सचिव जगन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार एउटै खेलका लागि यति ठूलो सङ्ख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो हो । प्रतियोगितामा सिनियर र जुनियरतर्फको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १४ वर्षदेखि ६० वर्षसम्म महिला र पुरुष गरी विभिन्न आठ तौल समूहमा तथा पुम्सेतर्फ १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि तेक्वान्दो महासङ्घको छाता संस्था वल्र्ड तेक्वान्दोका अध्यक्ष डा चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडरेशनका अध्यक्ष लिक्यू सिोओकलगायत पोखरामा आउने बताइएको छ । विश्वभरिका खेलाडी, निर्णायक तथा प्रशिक्षक, तेक्वान्दो महासङ्घका विशिष्ट पदाधिकारीसहित दुई हजारभन्दा बढीको सहभागिता हुने अनुमान आयोजकको छ ।

विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न पाँच हजारभन्दा बढी तेक्वान्दो प्रेमी पोखरा आउने अपेक्षा गरिएको सङ्घले जनाएको छ । यसअघि हालसम्म दुई पटक सफलतापूर्वक काठमाडौँमा सम्पन्न भएको प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो । रासस

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...