सिफारिसबिना बेच्न नपाइने औषधि आफूखुसी बेच्दै

काठमाडौँ । चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् । चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो ।

चिकित्सको सिफारिसअनुसार अभिलेख राखेर बेच्नुपर्नेमा मेडिकल सञ्चालक बिनाअभिलेख बेचेको पाइएपछि त्यस्ता औषधि जफत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब हरिनाथले बताए । “नशा रोग, निन्द्रा लगाउने, गर्भपतन गराउनेलगायत औषधि बेच्नका लागि मेडिकलमा राखेको पायौँ”, उनले भने, “बेचिएका त्यस्ता औषधिको अभिलेखसँगै चिकित्सकको सिफारिस पनि फेला नपारेपछि जफत गरेका छौँ ।”

भियग्रा नामक औषधिसमेत चिकित्सको सिफारिसबिना बेच्न नपाइने भएकाले सो समेत जफत गरिएको सिनियर अहेब हरिनाथले बताए । उनका अनुसार म्याद नाघेको ठूलो परिणामको औषसधसमेत तीनवटै मेडिकलबाट बरामद गरिएको छ । चिकित्सकको सिफारिसबिना चलाउनै नपाइने औषधि बेच्ने मेडिकलका बारेमा प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ ।

बजार अनुगमनका क्रममा म्याद नाघेका र मेडिकल सञ्चालकले सिफारिसबिना आफ्नै खशीले बेच्न नपाउने औषधि नबेच्न सचेत गराइए पनि अटेरी गर्दै मानव स्वास्थ्यमा असर पर्ने गरी औषधि बेच्न थालेपछि नगरपालिकाले कारबाही अगाडि बढाउने भएको छ ।

अनुगमन गरिएका पसलमा मूल्यसूची नराखिएको, म्याद नाघिएका वस्तु राखिएको र नापतौलाका उपकरण प्रमाणित नगरेको पाइएको छ । “म्याद नाघेका वस्तु तत्कालै जफत गरेका छौँ”, अनुगमन टोलीमा सम्लग्न नगरपालिकाका नायब सुब्बा लक्ष्मीदत्त पाण्डेयले भने, “नापतौलका उपकरण तत्काल प्रमाणित गराउन र चियानास्ता पसलमा सरसफाइ गर्नका लागि पहिलोपटकका लागि सचेत गराएका छौँ ।”

बजार क्षेत्रमा हुने कालोबजारी नियन्त्रण गर्ने कार्यसँगै सर्वसाधारणले सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु चाडपर्वका बेला उपभोग गर्न पाउन् भनेर अनुगमनलाई अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...