पिल्लरीफाँटा गाउँमा ६ दिनदेखि विद्युत् अवरुद्ध

काठमाडौँ । चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा ६ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र टुटेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को गर्मीमा हातेपङ्खा चलाएर बस्नुपरेको स्थानीयवासी वीरबहादुर चौधरीले बताउ । “विद्युत् सेवा सञ्चालन हुनसकेको छैन”, उनले भने, “मोबाइल चार्ज र कुटानी, पिसानीका लागि छिमेकी गाउँमा जानुपर्ने बाध्यता छ ।”

खोलाले सडकको ठाउँ–ठाउँमा कटान गर्दा पिठयुमै पिठो बोकेर ल्याउनुुपरेको उनले बताए । स्थानीय बासिन्दा तिलक जप्रेलका अनुसार रातिको बेला विद्युत् नहुँदा टुकी बालेर उज्यालोको व्यवस्था गरिँदै आइएको छ । “विद्युत् सेवा छैन”, उनले भने, “पुरानै अवस्थामा फर्किएका छौँ, राति मट्टितेल र डिजेलको व्यवस्था गरी टुकी बाल्ने गरेका छौँ ।”

पिल्लरीफाँटा जोड्ने सडकसमेत स्थानीय खोलाले कटान गरी बगाएपछि विद्युत्का पोल ढुवानी गर्न समस्या भइरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । “छवटा जति पोल गाउँसम्म बोकेर पु¥याएका छौँ”, उनले भने । “धेरै ठाउँमा पोल टुटेकाले अन्य पोल ल्याउनका लागि पहल भइरहेको छ ।”

नेपाल विद्युत् प्राधिकरण झलारी फ्युज शाखाका प्रमुख कैलाश भट्टले विद्युत् सेवा सञ्चालन गर्नका लागि १९ वटा पोल गाड्नुपर्ने भएकाले केही दिन अझै लाग्ने बताए । “पोल र तार पूरै फेर्नुपर्ने भएको छ”, उनले भने, “ट्रान्सफर्मर जडानको कार्य पनि गर्नु छ, पोल ढुवानी गर्नुपर्ने अर्को समस्या भएकाले विद्युत् सेवा सञ्चालन हुन अझै तीन दिनसम्म लाग्न सक्छ ।”

वडाध्यक्ष महराका अनुसार अवरुद्ध सडक आंशिकरूपमा खोलिएको र पूर्णरूपमा खुलाउनका लागि काम भइरहेको छ । पिल्लरीफाँटा गाउँमा चार सय बढी परिवारको बसोबास छ । भदौ ३१ गते आएको बाढीले सडक बगाउनुका साथै विद्युत् पोल ढालेको थियो । सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाले बिरामी र गर्भवती महिलालाई बोकेरै टाढाको स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने बाध्यता छ ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...