१० किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौँ । अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुईजनालाइै प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो ३ सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ ।

यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

+ posts

सम्वन्धित समाचार

दोलखामा सत्ता गठबन्धनकै अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार १ सय...

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : स्प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र...

ताजा समाचार

जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारततर्फ

काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता...

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

काठमाडौँ । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

३ सय जनालाई एनआइसी एशियाले विश्वकप फुटवल देखाउने

काठमाडौं । एनआईसी एशिया बैकले ३ सय जनालाई विश्वकप फुटवल सिनेमा हलमा देखाउने भएको छ । एन आई सी एशिया बैंकले डिजिटल...