कर्णाली प्रदेशमा १४ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८ सय ७ जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा ५ हजार ७ सय २९ जना नेपाल प्रहरी र ९ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८ सय ७ जना सुरक्षाकर्मी खटाइएको हो ।

प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुने छ । प्रवक्ता श्रेष्ठले भने, “प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।”

प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले बताए । उनले भने, “माथिल्लो कर्णालीका जिल्लामा अब हिमपात पनि सुरु भइसकेको छ, यस्तो अवस्थामा हामीले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारको लागि हेलिकप्टरको प्रबन्ध पनि गरेका छौँ ।”

प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि २ सय ६७ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् । कर्णालीमा सुरक्षाका दृष्टिकोणले २ सयभन्दा धेरै मतदानस्थल अति संवेदनशील मानिएका छन् । कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन् ।

+ posts

सम्वन्धित समाचार

महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल...

चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले...

ताजा समाचार

महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल...

चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले...

भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

सैनिकको कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । बिहीबार इजरायली सेनाले गरेको कारवाहीमा एक विद्रोही नेतासहित २ जना प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा...

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स...