अवैधरूपमा भित्र्याइएको माछा नष्ट

काठमाडौँ । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् । लु३च ३३३६ नंको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

नष्ट गरिएको माछाको बजार मूल्य करिब रु चार लाख हुने जनाइएको छ । कागजपत्र र अवस्था हेर्दा नेपाली बिलमा भारतीय माछा ल्याएको पुष्टि भएपछि माछा नष्ट गरिएको मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ का २३ वर्षीय विवेककुमार तेलीले अवैधरूपमा माछा भित्र्याएर नेपाली गाडीमा काठमाडौँ लैजाँदै गरेका व्यवसायीको भनाइ छ ।

चितवनका व्यवसायीले गत असोज १ गतेदेखि नियमित अनुगमन गर्दै आएका छन् । सोही क्रममा तेस्रोपटक अवैध माछा नियन्त्रणमा लिइएको हो । भारतीय तथा अवैध माछाको आयातमा रोक लगाउने भनेर सम्बन्धित पक्षबीच छलफल चलाएर निर्णय नै गरिसक्दासमेत आउने क्रम नरोकिएपछि मत्स्य व्यवसायीले अनुगमनलाई जारी राखेका छन् । चितवनमा वार्षिक करिब छ हजार पाँच सय टन माछा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । रासस

+ posts

सम्वन्धित समाचार

महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल...

चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले...

ताजा समाचार

भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

सैनिकको कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । बिहीबार इजरायली सेनाले गरेको कारवाहीमा एक विद्रोही नेतासहित २ जना प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा...

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स...