लोकतन्त्र र सङ्घीयता जोगाउन मतदानमा सहभागी बनौँ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उत्साहका साथ सहभागी हुन मतदाता समक्ष आह्वान गरेका छ । सप्तरी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका यादव हाल चुनाव प्रचारका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका छन् ।


अन्तिम चरणको घरदैलो अभियानमा रहेका अध्यक्ष यादवले आज बिहान रासससँगको कुराकानीका क्रममा चुनावप्रति आम सप्तरीवासी र समग्र जनतामा ठूलो उत्साह रहेको बताए ।

“सङ्घीयतालाई परिस्कृत गर्दै संस्थागत गर्न, अधिकार र पहिचानको सङ्घर्षलाई मूर्तरुप दिन, संविधान संशोधन गर्न, आफ्नै मुलुकमा नागरिकताबाट वञ्चित मधेशी युवाहरुको नागरिकता समस्या समाधान गर्ने लगायतका दृष्टीले आगामी चुनाव निकै महत्वपूर्ण रहेको भनि आम मधेशीको बुझाइ छ”, उनले भने, “आफ्नो भाग्य र भविष्यका लागि आम मधेशी आफ्नो सङ्घर्ष अझै जारी राखेका छन् र ती सङ्घर्षका उपलब्धिलाई संरक्षित गर्दै थप उपलब्धि प्राप्त गर्न आगामी मङ्सिर ४ को निर्वाचन निकै महत्व राख्छ ।”

लोकतान्त्रिक समाजमा आम मतदाताको सबैभन्दा ठूलो शक्ति नै मतदान हो भन्दै अध्यक्ष यादवले भने, “आम नेपालीले गरेको कठोर सङ्घर्ष र त्यागको फलस्वरुप हामीले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता लगायतका उपलब्धि प्राप्त गर्न सकेका छौँ र यी उपलब्धिलाई जोगाएर राख्दै संस्थागत गर्न मताधिकारको प्रयोग सबैभन्दा आवश्यक रहेको तथ्य हामी कसैबाट लुकेको छैन ।”

मुलुकमा प्राप्त विभिन्न राजनीतिक उपलब्धि समाप्त पार्न विभिन्न खाले षड्यन्त्रसमेत भइरहेको भन्दै यादवले आम मतदातालाई सचेत हुन आग्रह गरेका छन् ।

“चुनाव भनेको लोकतन्त्रको महापर्व हो, यसमा सहभागी भएनौँ भने हामी कस्तो लोकतन्त्रवादी ?”, यादवले भने, “लोकतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता जोगाउनु छ भने मतदानमा सहभागी हुनुहोस् ।” उनले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने समय निर्वाचन भएको भन्दै मतदानमा उत्साहका साथ सहभागी हुनुपर्ने बताए ।

आगामी चुनावबाट जसपा मधेशको मुख्य पार्टी मात्रै नभइ राष्ट्रिय राजनीतिकै मुख्य शक्तिमध्ये एक यादवको दाबी छ । मधेशको नाममा नानाथरिका षड्यन्त्र गर्ने दललाई थ्रेसहोल्ड जोगाउन पनि गाह्रो हुने बताउँदै यादवले भने, “जसपालाई आम मतदाताले उसको नीति सिद्धान्त तथा विगतका दिनमा गरेका कामको आधारमा रुचाएको छन्, हामी झुठो आश्वासन बाँड्ने काम गरेका छैनौँ ।”

“जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन गर्नुस्, उसले अतितमा गरेका सङ्घर्षलाई सम्झिदिनुस्, मधेशको पहिचान र स्वाभाविनाको सङ्घर्षमा क–कसले के कस्ता योगदान दिए स्मरण गरिदिनुस् र लोकतन्त्रको महापर्वमा उत्साहका साथ मतदानमा सहभागी भइदिनुस् आम मतदातामा मेरो विनम्र अनुरोध छ”, उनले मतदातासँग आग्रह गरेका छन् ।

राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय, नर्सिङ कलेज भवन निर्माण, इञ्जिनीयरिङ कलेज भवन निर्माण लगायतका काम सप्तरीको पुरानो पहिचानलाई पुनःस्थापित गर्न गरिएका प्रयास भएको उनको भनाइ छ ।

+ posts

सम्वन्धित समाचार

दोलखामा सत्ता गठबन्धनकै अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार १ सय...

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : स्प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र...

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनकै अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार १ सय...

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : स्प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र...

जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारततर्फ

काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता...

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

काठमाडौँ । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

३ सय जनालाई एनआइसी एशियाले विश्वकप फुटवल देखाउने

काठमाडौं । एनआईसी एशिया बैकले ३ सय जनालाई विश्वकप फुटवल सिनेमा हलमा देखाउने भएको छ । एन आई सी एशिया बैंकले डिजिटल...