सडक दुर्घटनामा २० जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् ।

प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । अधिकारीहरूले दुई महिनाअघि बाढीको निकासका लागि उक्त क्षेत्रमा भ्यान खसेको ठाउँसहित कैयौँ खाडलहरू निर्माण गरेका थिए ।

दुर्घटना भएको राजमार्गको केही भाग सीमित रहेको र सडकमा डाइभर्सन गरिएको भए पनि तीव्र गतिका कारण गति नियन्त्रणका लागि राखिएको अवरोध नदेख्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

महिला र बालबालिकासहित घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मृतक र घाइतेहरू सेहवानको एक धार्मिकस्थल जान हिँडेका बताइएको छ ।

+ posts

सम्वन्धित समाचार

महानगरसँग विवाद पसल नै बन्द गरेर विरोधमा व्यवसायीहरू

काठमाडौँ । सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल...

चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले...

ताजा समाचार

भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

सैनिकको कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । बिहीबार इजरायली सेनाले गरेको कारवाहीमा एक विद्रोही नेतासहित २ जना प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा...

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स...