नेपाल टी-२० लिगमा काठमाडौंको दोस्रो जित

काठमाडौँ । काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ ।

यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार रहेको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको छ ।

काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्‍यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाएका थिए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन र सोमपाल कामीले २१ रन बनाएका थिए।

काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिएका थिए । अजमतुल्लाह ओमाजारईले २ विकेट लिए साथै कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १–१ विकेट लिएका थिए ।