पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

बाग्लुङ । बागलुङमा छुट्टा छुट्टै घटनामा एक बालक सहित दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको मृत्यु भएको हो ।

घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

यसैगरी भकुण्डे निवासी २८ वर्षीय सागर थापाको शव घर नजिकैको खोलाको बीच भागमा मृतावस्थामा फेला परेको छ । यही भदौ १८ गतेदेखि उनी हराइरहेका थिए ।