रासायनिक मल बिक्री गर्न भारत सहमत

काठमाडौं । एक वर्षपछि नेपाललाई जीटूजी (सरकार–सरकार) तहमा रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ । वार्षिक निश्चित परिमाणमा रासायनिक मल बिक्री गर्न नेपालले गरेको प्रस्तावमा प्रारम्भिक समझदारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल भारत सचिवस्तरीय बैठकमा मल खरिदका लागि नेपालद्धारा प्रस्तावित मस्यौता भारतले स्वीकृत गर्ने सहमति भएको कृषि सचिव डा.कृष्ण प्रसाद आचार्यले बताए । ‘अर्को बैठकमा दुई देशबीच एमओयूमा हस्ताक्षर गर्नेगरी नेपालले प्रस्ताव गरेको एमओयूको मस्यौदामा भारतले सहमति जनाएको छ,’ सचिव आचार्यले भने ।

नेपाल सरकारले स्वीकृत गरिसकेको मल खरिद सम्बन्धि सम्झौताको मस्यौदा अब भारत सरकारले पनि स्वीकृत गर्ने र मल खरिदका लागि दुई देशबीच हस्ताक्षर हुने उनले बताए ।