कम्युनिष्ट पार्टीहरु विदेशीसँग लम्पसार परे : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टीहरुमा विदेशीसँग लम्पसार पर्ने चरित्र रहेको बताएका छन्। 

समाजवादमा पुग्ने लक्ष्यसहित एमाले फुटाएर नयाँ कम्युनिष्ट पार्टी खोलेका उनले माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रममा आइतवार यस्तो बताएका हुन्। 

अध्यक्ष नेपालले नेपाली म्युनिस्ट आन्दोलनमाका विकृति अन्त्य गर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास हुनुपर्नेमा पनि जोड दिएका छन्। 

‘नेपालका कम्युनिस्ट पार्टीहरू विदेशीसामु लम्पसार पर्ने गरेका छन्। व्यक्तिवादमा फस्ने गरेका छन्’, उनले भने, ‘कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकार देखिएकाले  यसलाई चिर्न जरुरी छ। यस्ता समस्या हटाउन कम्युनिस्टहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नु जरुरी भइसकेको छ।’