माथि चढ्न थाल्यो बुल

काठमाडाैं । लगातार घटिरहेको शेयर बजार सूचकमा बुधवार हरियाली छाएको छ ।

बुधवार शेयर बजार सूचक मापक नेप्सेमा ५० अंकले बाउन्स ब्याक भएको हो । यो साताको सुरुवातको तीन दिनमा २०४ अंकले घटेको नेप्से बुधबार एकैदिन ५०.५८ अंकले बढेको छ ।ड

बुधवार नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै २ हजार ६६५ दशमलव ९३ अंकमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले बढेर ५०३.४६ बिन्दुमा उक्लिएको छ ।

बुधवार २२९ कम्पनीका ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका सबै उपसमुहगत सूचकहरुमा हरियाली छाएपछि लगानीकर्ताहरू उत्साहित भएका छन् ।

बुधवार फाइनान्स र जलविद्युत सूचकमा ४ प्रतिशतभन्दा धेरै बढेका छन् भने विकास बैंक ३.१८, ब्यापार २.५७, निर्जीवन बीमा २.२५, अन्य २.५० र लगानी सूचक २.३२ प्रतिशतले बढेको छ ।

यसदिन अपि पावरको २२.६७ करोडको शेयर कारोबार भएको छ । 

मालयन डिष्टिलरी, नेपाल बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आईसीएफसी फाइनान्सको १५ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।

बुधबार ग्रीन डेभलपमेन्ट बैंक, अपि पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदिमर्दी, कालिका पावर, हिमालयन उर्जा विकास कम्पनी, कालिका लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

यसदिन मेगा बैंकको शेयरमूल्य सर्वाधिक ३.९२ प्रतिशतले घटेको छ भने प्राइम कमर्सियल बैंक डिबेञ्चर २०८५, र युनिलिभर नेपाल लिमिटेडको मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।