एनआएनएको निर्वाचन नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै कार्यसमितिलाई काम गर्न रोक लगाएपछि संघका अध्यक्ष अध्यक्ष कुमार पन्तले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले यसअघि निर्वाचन रोक्ने र एनआरएनएको वर्तमान कार्यसमितिलाई काम गर्न रोक लगाउने परराष्ट्र मन्त्रालयको असोज ११ र मंसिर १७ गतेको निर्णय कार्यान्वयन नगराउन आदेश दिएको छ ।

आइतबार न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले एनआरएनएको निर्वाचन नरोक्न अन्तरिम आदेश दिएको हो । यो आदेशले अब तोकिएकै समयमा एनआरएनएको चुनाव हुने सम्भावना बढेको छ ।

अदालतको आदेशसँगै अर्को महिना पुस ११ र १२ अर्थात डिसेम्बर २६ र २७ तारिखमा तय गरिएको एनआरएनएको निर्वाचन हुने भएको छ । एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा डा। बद्री केसी, कुल आचार्य र रविना थापाले प्यानलसहित उम्मेद्वारी घोषणा गरिसकेका छन्।