निष्पक्ष रूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए । एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिए।

उनले सत्ता गठबन्धनले एमसिसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको दाबी गरे।

अध्यक्ष ओलीले पार्टी छाडेर गएका नेता, कार्यकर्ताहरूलाई एमालेमै फर्कन समेत आह्वान गरे ।