भूकम्पको सम्भाव्यताबारे अध्ययन गर्दै भूकम्पविद्

काठमाडौँ । दार्चुला जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो ।

पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले यहाँ पुगेर अवस्थाबारे अध्ययन गरेको हो । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा उनीहरुले यहाँको अवस्थाबारे अध्ययन थालेका छन् ।

पश्चिम नेपालमा ५ सय १७ वर्षयता ठूलो भूकम्प गएको छैन । नेपालका ठूला भूकम्पमध्ये अबको १० वर्षभित्र पश्चिम नेपालमा ठूलो भूकम्प आउनसक्ने भूकम्पविद् प्रोफेसर पेरियरले बताए । पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा छ”, उनले भने, “तातोपानी भएको क्षेत्रमा भूकम्प आउने सम्भावना बढी हुने भएकै कारण यहाँको पानीको अवस्थाबारे अध्ययन गर्न आएका हौँ ।”

दार्चुलाका श्रीवगडको पानीमा त्यति खतराको अवस्था नरहेको उनले बताए । पानीको तापक्रम ६४.६ डिग्री देखिएको उनले जानकारी दिए । ग्यासको मात्रा सिओ–२ मात्रै छ । विभागका असिस्टेन्ट शर्माका अनुसार ग्यास बढी भएको भए भूकम्प चाँडो आउने सम्भावना रहन्छ । “यहाँ ग्यासको मात्रा अहिले बढेको छैन्, मेरो अनुभवले जुन तातोपानीमा ग्यासको मात्रा बढी हुन्छ त्यो खतरा रहेको बताए ।

नेपालमा लामो समयदेखि भूकम्प आउने क्षेत्रबारे अनुसन्धान गर्दै आएका प्रोफेसर पेरियरकले अहिले नै यो क्षेत्रमा जोखिमको अवस्था धेरै नरहेको बताए । हामीले गरेको अनुसन्धानको डिटेल रिपोर्ट आउन ३/४ महिना लाग्ने बताए ।