सीसीटीभी फुटेज खै, राजीनामा कहिले ? अर्थमन्त्री शर्माविरुद्ध युवा संघले गरे प्रदर्शनी

काठमाडौँ । आजा अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघले प्रदर्शन गरेको छ । युवा संघले सीसीटीभी फुटेज खै, राजीनामा कहिले ? अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग गरेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्‍मा पनि त्यसको सीसीटीभी फुटेज हेर्न माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दलका केही नेताहरूले पनि उनको राजीनामा माग गरिरहेका छन् ।