एमालेले अर्थमन्त्री शर्मालाई संसद्‍मा बोल्न नदिने

काठमाडौँ । बुधबारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई आप्ना कुरा राख्न नदिने भएको छ । अर्थमन्त्रीशर्मालाई संसद्को रोष्ट्रममा बोल्न नदिने प्रमुख प्रतिपक्षी एमालेले बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्नेमा एमालेका प्रमुख भट्टराईले अवरोध हुने बताए । बजेट निर्माणका क्रममा यति गम्भीर आरोप लगेको व्यक्तिलाई हामी संसदको रोष्ट्रम प्रयोग गर्न दिँदैनौं । बोल्नमा त हामी अवरोध गर्छौं, उनले भने, यस्तो वित्तीय अपराध गर्ने मान्छेले संसद्को रोष्ट्रममा बोल्न लाज हुँदैन रु

बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते अर्थमन्त्री शर्माले अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेको छ । त्यतिबेलाको सीसीटीभी फुटेज पनि डिलिट गरिएको अर्थमन्त्रालयले नै सूचना दिएपछि उक्त विवाद बढेको हो ।