सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना श्रावण मसन्तसम्म

काठमाडौँ । एनआईसी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरुलाई लक्षित गरेर ल्याइएको सो योजनामा देश एवं विदेशमा रहेकासो योजनामा सेवाग्राहीको आकर्षण बढेपश्चात म्याद थप्न आग्रह भएबमोजिम बैंकले सो योजनालाई श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ ।

नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेका अनुसार गा्रहाकका आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।

यस योजनामा निक्षेपकर्ता गा्रहाकले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने छन् । यस बैंकमा आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सकिने सुविधा गरेको छ ।