रुसी आक्रमणमा ४ को मृत्यु २० घाइते

काठमाडौँ । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसी बमबारीमा चार जनाको मृत्यु भएको छ । आक्रमणमा २० जना घाइते भएका गभर्नरले बताएको छ ।

टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट युक्रेनको पश्चिमी शहर एलभिवमा भएको बैठकको केही घण्टा अगाडी यो आक्रमण भएको थियो । खार्किभमा एकदिन अगाडी भएको रुसी आक्रमणमा परी कम्तीमा ७ जनाको ज्यान गएको थियो ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मस्कोले फेबु्रअरीको अन्त्यदेखि लगातार रुसी गोलाबारीको शिकार हुदै आएको छ । मस्कोको सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभल बताएको छ ।

आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरु ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखको घटनास्थल पुगेका एएफपीका पत्रकारहरुले जानकारी दिएका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए ।