दाङमा भरुवा बन्दुक सहित पक्राउ

काठमाडौँ । दाङमा भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका १ बस्ने ४२ वर्षीय राम बहादुर चौधरी रहेका छन् ।


गढवा गाउँपालिका ७ स्थित ज्योती सामुदायिक वनबाट १ थान एकनाले भरुवा बन्दुक, करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा सहित चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।