पत्रकार कौशल पाण्डेको निधन

काठमाडौँ । हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ ।

पाण्डेको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल रहेको थियो ।

पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्।

हेटौंडाबाट प्रकाशन हुने प्रयास अर्धसाप्ताहिकको प्रकाशक सम्पादक रहेका उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए ।

हेटौंडा ( ४ कमलडाँडास्थित निवासमा पाण्डेको निधन भएको हो । पाण्डेको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन् । ।