जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । उदयपुरको २९ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् ।

परियारले ती महिलालाई मंसिर २८ गतेको राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।