पुजारीलाई कुट्न खोज्ने मन्त्रीलाई लखेटे स्थानीयले

काठमाडौं, असार । मन्दिरका पुजारीलाई इटाले हान्न खोजेपछि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई सर्वसाधारणले लखेटेका छन् ।

प्रदेश सरकारको लगानीमा जिर्णोद्वार हुँदै गरेको हनुमाननगर कंकालिनी नगरपालिका–३ हनुमान मन्दिरका पुजारी राममनोहर दासलाई इट्टाले हान्न खोजेपछि बुधबार मन्त्री साहलाई लखटेको स्थानीय संजिव यादवले बताए ।

पुजारीले काम गुणस्तर हिन भएको भन्दै रोक्न आग्रह गरेपछि मन्त्री साहले उनलाई गालि गर्दै ईट्टाले हान्न खोजेपछि जम्मा भएका युवाहरुले उनलाई लखटेको यादवको भनाई छ ।

सोही वडाका अध्यक्ष विजय यादवले पनि मन्त्री र पुजारीका बिचमा विवाद भएको बताए । मन्त्रीका छोरा तथा हनुमानगर कंकालिनी नगरपालिकाका मेयर शैलेस साहले निर्माण काम र उपभोक्ता समितिको विषयलाई लिएर विवाद भएको स्विकार्दै मन्त्रीलाई लखटेको कुरा गलत भएको बताए ।