विराट गोल्डकप चैतमा

काठमाडौं । विराट गोल्डकप फुटबल चैतमा हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले एक विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म विराटनगरमा आयोजना गर्ने उल्लेख गरेको छ ।

विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालालाई तोकिएको छ । गोल्डकपमा आयोजक र विदेशीसहित आठ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका खेलहरू रात्रिकालीन हुने विज्ञप्तिमा उल्लेख छ । गोरखापत्र