रवि लामिछाने प्रकरण : यता राहदानी प्रारम्भिक सुनुवाई, उता उम्मेदवार विरुद्धको उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाई आज हुने भएको छ । यता राहदानी प्रकरणमा सुनुवाई हुनु अनि उता उम्मेदवारका विरुद्ध आज उजुरी गर्नु पर्ने समय तोक्नुले रवि लामिछाने विरुद्ध पुन ः समस्या पर्ने संकेत देखिएको छ ।

रवि लामिछाने सञ्चारकर्मी हँुदा अरुलाई कानूनका कुरामा जसरी आरोप लगाउँदै आईरहेका थिए । अहिले उनी सांसद बनिरहँदा विभिन्न आरोपको सामना गर्नु परिरहेको छ । विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता लिन अन्कनाउने उनको सानो गल्तीले गर्दा उनले अहिले ठूलो पीडा खेप्नु परेको छ ।

हुन त महान्यायाधिवक्ताको कार्यालयले चैत ६ गते लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । गत आइतबार कानुन व्यवसायी युवराज पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेकोमा सर्वोच्च प्रशासनले सोमबार रिट दर्ता गर्दै मंगलबारका लागि पेशी तोेकेको हो ।

नेपाल प्रहरी, काठमाठौं सरकारी वकिल कार्यालय र पाटन उच्च सरकारी वकिल कार्यालयको सिफारिसलाई महान्यायाधीवक्ताको कार्यालयले सदर गरेको थियो ।

सर्वोच्च अदालतले लामिछानेको नागरिकता विवादको फैसला दिने क्रममा राहदानी ऐन अनुसार राहदानी प्रकरणको विवाद निरुपण हुनुपर्ने भनेकाले महान्यायाधीवक्तालाई निर्णय गर्ने अधिकार नरहेको जिकीर रिट निवेदनमा गरिएको छ ।