बन्दीहरूबीच भएको झडपमा १२ जनाको मृत्यु

काठमाडौँ । ग्वायाकिलको इक्वेडर बन्दरगाहमा रहेको कारगारमा बन्दीहरूबीच भएको झडमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

गत शुक्रबार ६ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो । मृतकका शरीरमा गोली लागेका घाउ पनि छन् । यो नरसंहारको अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । भाडाका हत्याराले ती महिलालाई गोली हानेको बताइएको छ ।

देशको राष्ट्रिय सेना र प्रहरीले दुई दिनको अथक प्रयासपछि कारागाररको विषम स्थितिलाई साम्य पारेको छ । ग्वायाकिल कारगारमा ६ हजार ८ सय कैदी छन् । विश्वका प्रमुख कोकिन उत्पादक मुलुक कोलम्बिया र पेरुको बीचमा अवस्थित ग्वायाकिल हालैका वर्षमा लागू औषध तस्करीको केन्द्रबिन्दु बनेको छ ।

फेब्रुवरी २०२१ यता इक्वेडरका जेलमा आठ वटा यस्ता वीभत्स हत्याका घटना भइसकेका छन् । ती घटनामा चार सयभन्दा बढी कैदीले ज्यान गुमाएका छन् । धैरेको शव टुक्राटुक्रा पारिएको तथा जलाइएको अवस्थामा भेटिएका थिए । लागू औषध तस्करहरूले जेललाई आफ्नो कारोबार सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्दा इक्वेडरमा यस्ता घटना बारम्बार हुने गरेका छन् ।