अवैध लागूऔषधसहित १ जना पक्राउ

पोखरा । शनिबार राति पोखरा महानगरपालिका पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामबजार बस्ने २२ वर्षीय अर्जुन विक रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १३९८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।