पप गायक मुनबिनको निधन

काठमाडौँ । दक्षिण कोरियाली पप गायक मुनबिनको निधन भएको छ । मुनबिनको गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुनबिन गायक मात्र नभएर अभिनेता, नर्तक र मोडेल पनि थिए । दक्षिण कोरियाली प्रहरीका अनुसार मुनबिन बुधबार राति आफ्नो अपार्टमेन्टमा अचेत अवस्थामा फेला परेका थिए ।

उनका म्यानेजरले उनलाई अचेत अवस्थामा भेटेको प्रहरीले बताएको छ । मुनबिन दक्षिण कोरियाली बोय ब्यान्ड एस्ट्रोको सदस्य थिए । मुनबिन बाल्यकालमा फन्टियागोको प्रशिक्षार्थी कार्यक्रममा सामेल भए र एस्ट्रोको ब्यान्डको एक हिस्सा भएका थिए ।

यो समूहमा ६ जना सदस्य थिए तर, यीमध्ये एक सदस्यले यसै वर्षको फेब्रुअरीमा नै ब्यान्ड छोडेका थिए । एजेन्सी