यूएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४ सय ७१ रन बनाएको हो ।

प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३ सय ७१ रन बनाएको थियो । यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले ।

२२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए । १ सय ७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का प्रहार गरे । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १ सय ६० रन बनाए । उनले ९ चौका र १६ छक्का प्रहार गरे ।