कमलकुसुम केन्द्रमा मतदान सुरु गर्न माग गर्दै नाराबाजी

काठमाडौँ । दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै चितवनमा मतदाताले नै प्रदर्शनसहित नाराबाजी गरेका छन् ।

चितवनको भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा मतदान गर्न आएका मतदाताले नाराबाजी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि रोकिएको उक्त स्थानको मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर सुचारु गर्नेबारे छलफल भइरहेको छ ।

रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।