पर्यटन मन्त्री किराँतीले भने, ‘शोकेसको मान्छे’ जस्तो भएँ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् । मङ्गलवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको भएपछि यस्तो अनुभूति गरेको बताएका हुन् ।

मन्त्री किराँतीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे । उनले पर्यटन क्षेत्रमा धरै ऐन बदल्नु पर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सङ्घीय संसद् र सांसदहरूलाई आग्रह समेत गरे ।

संसद्मा बल दिए मात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको उनको भनाई थियो । उनले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रीपरिषद्बाट पास गराएर संसद्मा पेस गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए ।

उनले भन, ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेशको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो, हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ र यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसद्मा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो, चासो गरिदिनु पर्‍यो, तपाईँहरूले बोलिदिनु पर्‍यो, अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।’