बस खोलामा खस्दा १० घाइते

काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नम्बर ११ को शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

तारकेश्वरबाट रत्नपार्क आउँदै गरेको यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले रोकिराखेको मोटर साइकललाई ठक्कर दिएर खोलामा खसेको हो । दुर्घटनामा मोटरसाइकलमा सवार १ जनासहित १० जना घाइते भएका छन् ।

बसले मोटरसाइकलाई ठक्कर दिएर खोलामा खसेको बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कुँवरले जानकारी दिए ।

स्थानीय दिलकृष्ण महर्जनले मोटरसाइकल चालकको अवस्था चिन्ताजनक रहेको बताए । बसले मोटरसाइकललाई ठक्कर दिएको भन्दै अहिले दुर्घटना क्षेत्रमा तनाव उत्पन्न भएको छ।