संघीय अस्पतालहरूलाई मन्त्री बस्नेतले दिए यस्तो निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघीय अस्पतालहरूलाई विभिन्न पाँचबुँदे निर्देशन दिएका छन् ।

निर्देशनमा १५ दिनभित्र अनलाइन ओपीडी टिकेटिङको व्यवस्था गर्ने र कर्मचारीको डिजिटल लिष्ट तयार पार्न भनिएको छ । त्यस्तै, अस्पतालमा बिरामी भर्ना तथा रिक्त बेडको संख्या दैनिक वेवसाइटमा अपलोड गर्न सात दिने अल्टिमेटम दिइएको छ ।

पछिल्लो दुई वर्षमा स्वास्थ्य सेवा विभाग र अन्य निकायबाट प्राप्त उपकरणको विवरण र अवस्थाको विवरण मन्त्रालयलाई पेस गर्न पनि सात दिन समय दिइएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण, सहयोगी निकायको नाम र गएको मुलकसहितको विवरण पनि सात दिनभित्र अध्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।