गरिब घरपरिवारलाई दुई वर्षभित्र परिचयपत्र प्रदान गरिने

काठमाडौँ । सरकारले गरिब घरपरिवार पहिचान र गरिब परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने बताएका हुन् ।

उनले गरिब घर परिचयपत्रलाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रूपान्तरण गरिने पनि सरकारको कार्यक्रममा समेटिएको छ ।