मन्त्रिपरिषद् बाट नयाँ बजेट पारित

फाईल तस्बिर

काठमाडौं । मन्त्रिपरिषद् बाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको एक मन्त्रीले जानकारी दिए।

आजै बस्ने संयुक्त सदनको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।

जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।