तलब भत्ता, सामाजिक सुरक्षाका बजेट विनियोजन गर्नु बाध्यता : अर्थमन्त्री महत

काठमाडौं । तलब भत्ता, सामाजिक सुरक्षाका दायित्वहरुको बजेट विनियोजन गर्न आफू बाध्यतामा रहेको अर्थमन्त्री डा प्रकाश शरण महतले बताएका छन् ।

हाल तलब भत्ता, सामाजिक मा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन हुन्छ । जुन कुल बजेटको ७३ प्रतिशत हुन आउने अर्थमन्त्री डा। प्रकाशशरण महतले बताएका छन् । उनले हालको कर प्रणालीमा धनी र गरिब बीचको खाडल पुर्नका लागि नीति बनाउन पर्ने बाध्यता रहेको उनले बताएका छन् ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत मात्र हुने अनुमान गरिएको छ । सोमबार प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले चालू आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्ने क्रममा चालू आवको संक्षिप्त विवरण राखेका थिए ।