चुरे संरक्षणका लागि १ अर्ब ५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जल र जमिन संरक्षण गर्नका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको अर्थमन्त्री डा‍। प्रकाशसरण महतले घोषणा गरे ।

यस्तै, बाँझो, खाली र वन क्षेत्रमा घाँसेबाली खेती गर्ने कार्यक्रम सञ्चालन गर्ने, आगामी वर्षमा ३ करोड वृक्षारोपन गर्ने समेत सरकारले घोषणा गरेको छ । जडिबुटीको प्रशोधन गरेर निर्यात प्रबद्र्धन गर्न प्रोत्साहन गर्ने योजना समेत बजेटमा अटाएको छ ।
हवन्यजन्तुको वासस्थान व्यवस्थीत गर्दै यसबाट हुने क्षती रोक्न समेत सरकारले बजेट विनियोजन गरेको छ । राहत वितरण प्रक्रियालाई सहज र सरल बनाउने, संरक्षण क्षेत्रमा खटिने कर्मचारीको बीमाको व्यवस्था समेत सरकारले गरेको छ ।