सङ्घीय संसद् भवन निर्माणमा एक अर्ब २२ करोड बजेट

काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न रु एक अर्ब २२ करोड बजेट व्यवस्था गरिएको छ ।