नागरिक उन्मुक्तिको माग : सुदूरपश्चिम प्रदेशको नाम फेरेर खप्तड थरुहट राख्नुपर्ने

काठमाडौं । आइतबार प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् ।

प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधन गर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् ।

‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहान्छु,लोगो मात्र फेरिएर हुँदैन,’चौधरीले भने, ‘प्रदेशको नाम पनि फेरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ । यहाँको समुदाय र संस्कृती झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ ।’

सुदूरपश्चिम प्रदेश सभाको लोगो सान्दर्भिक नभएको भन्दै प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा संशोधन समिति गठन गरिएको छ ।