आजको अभ्यास खेलमा नेपाल र युएई भिड्दै

फाईल तस्बिर

काठमाडौँ । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा सुरु हुनेछ ।

जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।