संसदीय समितिको बैठक बस्दै

काठमाडौं । मंगलवार ३ वटा संसदीय समितिका बैठक बस्दैछन् ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्याह्न साढे १२ बजे बस्दैछ भने महिला तथा सामाजिक समितिको बैठक साढे ११ बजे बस्दैछ ।

बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।