यूएईलाई नेपालले दियो २७७ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका लागि ‘वार्म अप’ खेलिरहेका नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २७७ रनको लक्ष्य प्रस्तुत गरेको ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ओल्ड हरारियन्समा टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित ४९।५ ओभरमा सबै विकेट गुमाएर २७५ रनको योगफल खडा गर्‍यो।