विश्वकप छनोट : नेदरल्याण्ड्सलाई जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ । नेपाल र जिम्बाब्वेबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

सुपरसिक्समा स्थान बनाउन समूह ‘ए’ मा रहेको नेपालले आजको खेल जित्नैपर्ने छ । पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

तेस्रो खेलमा नेपालले दुईपटकको ओडिआई विश्वकप विजेता वेस्ट इन्डिजसँग १०१ रनको हार बेहोरेको थियो । शनिबार नेदरल्यान्ड्सलाई हराएर मात्र नेपालको सुपर सिक्स यात्रा सुरक्षित हुने छैन । नेपालले सुपरसिक्समा स्थान बनाउन अन्तिम खेलमा वेस्ट इण्डिजले नेदरल्याण्ड्सलाई पनि हराउनुपर्ने समीकरण बनेको छ ।

समूह ‘ए’ बाटमा वेस्ट इण्डिज र जिम्बाब्वेले भने लगातार दुई जित निकाल्दै सुपरसिक्सको यात्रा लगभग पक्का गरिसकेका छन् । लगातार तीन खेलमा पराजित भएको अमेरिका भने समूह चरणबाटै बाहिरिसकेको छ ।

नेपाल र नेदरल्यान्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो ।

पाँचरपाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीनरतीन टिम पुग्नेछन् ।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन् । सुपर सिक्सको शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबररनोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपालको टोली स् कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान० कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी,प्रतिश जि।सी र अर्जुन साउद ।