नेकपा कार्यदलले बुझायो प्रतिवेदन

g]skf sfo{bnsf] k|ltj]bg sf7df8f}F, ^ ebf} M ;Qf?9 g]kfn sDo'lg:6 kf6L{-g]skf_ sf cWoIfåo s]kL zdf{ cf]nL / k'iksdn bfxfn…k|r08Úåf/f ul7t sfo{bnn] cWoIfåonfO{ zlgaf/ k|wfgdGqL lgjf; afn'jf6f/df k|ltj]bg a'emfpFb} . t:aL/ M k|wfgdGqLsf] ;lrjfno, /f;;

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको सो प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । कार्यदलमा शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए। यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको छ ।