सन्दीप र दीपेन्द्रले एसीसी इमर्जिङ टिम्स कप नखेल्ने

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स कपमा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी नहुने भएका छन् ।

दुवै जना क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएका कारण उक्त खेल गुमाउने भएका हुन् ।  ग्लोबल टी-२० साउन ४ गतेदेखि सुरु हुँदैछ। लिगमा दीपेन्द्र मोन्ट्रेल टाइगर्स र सन्दीप सर्रे जागुअरमा आबद्ध छन्।

असार २८ देखि श्रीलंकामा सुरू हुने एसीसी इमर्जिङ टिम्स कपमा नेपालको समूहमा भारत ए, पाकिस्तान ए र यूएई छन् । अर्को समूहमा अफगानिस्तान ए, बंगलादेश ए, श्रीलंका ए र ओमान रहेका छन् ।

नेपालले पहिलो खेल जुलाई १७ मा पाकिस्तानसँग खेल्नेछ । नेपाली क्रिकेट टीम विश्वकप छनोट खेलेर शुक्रबार स्वदेश फर्किएको छ । इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोलीको घोषणा हुन बाँकी छ ।