कोशी प्रदेशमा थपिएका तीन मन्त्रीले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा थपिएका तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। आइतबार नवनियुक्त मन्त्रीहरू जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मुख्यमन्त्री उद्धव थापाले तीन जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरी ६ सदस्यीय बनाएका छन्।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अन्यलाई हालसम्म मन्त्रालय तोकिएको छैन।

जीवन आचार्य र राजेन्द्र कार्की माओवादीका हुन् भने रामकुमार खत्री नेपाली काङ्ग्रेसबाट नियुक्त भएका हुन्।