आइतबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभरीमा ३६ मिलीमिटर वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाको मापन अनुसार आज बिहान ८: ४५ देखि साझ ५: ४५ सम्म ३६ मिलिमिटर वर्षा भएको हो।

मौसमविद् समिर श्रेष्ठले उपत्यकासहित अन्य जिल्लाहरुमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिए।

उनले भने,’आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको छ। आज गण्डकी र लुम्बीनी प्रदेशमा भारी हुन्छ। शनिबार सुदुरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ भने आइतबार गण्डकी र लुम्बीनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।’