लुम्बिनीमा विषयगत समिति सदस्यहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन

काठमाडौं। लुम्बिनी प्रदेशमा विषयगत समिति गठनका लागि सदस्यहरूको नाम सदनबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।

प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औ बैठकले समितिका सदस्यहरूको नाम टुंगो लगाएसँगै अब समितिले छिट्टै पूर्णता पाउने भएको छ ।

शनिवारको बैठकमा सभामुख तुलाराम घर्ती मगरले लामो समयदेखि रोकिएका विषयगत समितिका सदस्यहरूको नामावली घोषणा गरेपछि र ती नामावलीलाई सदनबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ । लामो समय विषयगत समिति टुंगो लगाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

सार्वजनिक लेखा समिति प्रतिपक्ष दलले पाउने प्रावधान अनुसार सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्ष दल एमालेले गर्नेछ । यो समितिको सदस्यमा विष्णुप्रसाद पन्थी, गिरीधारीलाल न्यौपाने, रामजीप्रसाद घिमिरे, सीता शर्मा, जानकी न्यौपाने, अब्दुल रज्जाक गद्धी, बैजनाथ कलवार, धनेन्द्र कार्की, धनलक्ष्मी श्रेष्ठ, दिपेन्द्र कुमार पुनमगर, नरमाया ढकाल र कन्हैया बाँनिया छन् । यी सदस्यबीच हुने निर्वाचनले सभापतिको टुंगो लाग्नेछ ।

अर्थ, उद्योग र पर्यटन समितिको सदस्यमा तुलसीप्रसाद चौधरी, भगवतीकुमारी थरुनी, खेमबहादुर सारु, वसन्ती न्यौपाने, सायरा बनो, जन्मजय तिमिल्सिना, देवकरणप्रसाद कलवार, प्रचण्डविक्रम न्यौपाने, अनुराग खड्का, दिलकुमारी बुढा, कृष्णा केसी र हेमा बेल्बासे केसीको नाम अनुमोदन गरेको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा विकास समितिको सदस्यमा चेतनारायण आचार्य, डिल्लीराज भुसाल, मधुसुदनशरण चौधरी कुर्मी, इन्द्रकुमारी गहतराज, विरबहादुर राना, बादशाह कुर्मी माया पुन, सरोज थापा, कृष्णा कुश्मा थारु, सुरुल पुन, निर्मलादेवी चौधरी, आदेशकुमार अग्रवाल, गीता गुरुङ र खड्ग बस्नेतको नाम अनुमोदन भएको छ ।

त्यसैगरी प्रदेश मामिला तथा कानुन समितिका सदस्यहरुमा भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, रत्नबहादुर खत्री, चिन्तामणि पाण्डे, यमुना रोका तामाङ, निमा गिरी, भुवनेश्वर चौधरी, जमुना ढकाल, सुधाकर पाण्डेय, इन्द्रजीत चौधरी, राजकुमार चौधरी र आशिषकुमार चौधरी रहेका छन् ।

सामाजिक विकास समिति सदस्यहरुमा भूमिश्वर ढकाल, नवराज लामिछाने, रेखाकुमारी शर्मा, सरिता पुन, वसीउद्धिन खाँ, धनबहादुर केसी, सुशीला बादी, मिनाकुमारी बोहोरा, लोकीकुमारी विक, यमबहादुर नेपाली सार्की, जानकीप्रसाद यादव र तारा थापा रहेका छन् ।

कृषि, वन तथा वातावरण समिति सदस्यहरुमा अर्जुनकुमार केसी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राजुप्रसाद श्रेष्ठ, शान्त लोध, मालती सोडारी, विश्वप्रेम पाठक, देवीप्रसाद चौधरी, जोखबहादुर महरा, मिना बुढामगर, मिनाकुमारी श्रेष्ठ, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र भगवती अधिकारी रहेका छन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले अनुमोदन भएका समिति सदस्यहरुबाट नै सभापति निर्वाचित हुने र त्यसका लागि निर्वाचन मिति तोकिने बताए । प्रदेशसभाको अर्को बैठक साउन ८ गते बस्ने छ ।

प्रदेश सभामा रहेका ६ वटा विषयगत समितिको सभापति सहमतिमै टुंगाउने तयारी गरिएको छ ।

मुख्यमन्त्री डिल्ली चौधरीले प्रमुख विपक्षी दल एमालेलाई लेखा समितिसहित २, कांग्रेसलाई २, माओवादीलाई १ र साना दललाई १ समितिको सभापति बनाउने गरी तयारी गरेका छन् । तर एमालेले ३ वटाको नेतृत्व दावी गरिरहेको छ भने सत्तारुढ दलमा सहभागी साना दललाई पनि भाग पुराउनपर्ने समस्याले अझै भागवण्डाको टुंगो लागेको छैन ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले एमालेले ३ वटाको नेतृत्व दावी गरेको बताए । ‘नेतृत्वमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन, ठूलो दलको हिसाबले हामीले ३ वटामा दावी स्वभाविक हो’, उनले भने ।

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सदस्यहरूको नाम सहमतिमै टुंगो लगाएकाले सभापति पनि सहमतिमै टुंगाउने बताए । उनका अनुसार ६ समितिको नेतृत्वमा २ विपक्षी एमालेलाई,३ कांग्रेस र माओवादीलाई र १ सत्तामा सहभागी साना दलबाट दिनेगरी सहमति हुनसक्ने छ ।