पत्नी सीताको सात दिनको काम सकाएर मात्रै प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्कने

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला पत्नी वियोगमा छन् । पत्नी सीताको गत बुधबार निधन भएपछि प्रधानमन्त्रीको परिवार शोकमा छ ।

त्यसैले एक सातासम्म प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाट बाहिर ननिस्कने पारिवारिक र पार्टी निर्णय छ । उहाँ स्वर्गीय सीताको सात दिनको काम सकाएर मात्रै बाहिर निस्कने सोचमा रहनुभएको माओवादी नेताहरुले बताएका छन् । एक जना नेताले भने,‘सामान्य र अनौपचारिक भेटघाट,कुराकानी यसबीच बालुवाटारमा भइरहेको छ ।’

प्रधानमन्त्रीले आगामी बुधबारसम्म औपचारिक उद्घाटनदेखि अन्य सार्वजनिक कार्यक्रममा सहभागी नहुने मुड बनाएका छन् । यता सहकारी पीडितहरुले आजदेखि आन्दोलन कडा बनाउने बताएका छन् ।

नेपालको इतिहासमा बहालरत प्रधानमन्त्रीकी पत्नीको निधन भएको यो पहिलो घटना हो ।